आज संक्रमित भेटिएका तीनजनामध्ये दुईजना एक हप्ता देखि क्वारेन्टाइनमा बस्दै आएको खुलेको छ । क्वारेन्टाइनमा बस्दै आएका दुईजनामा कोरोना भाइरसका लक्षण भेटिएपछि नमूना संकलन गरिएकोमा आज नतिजा आएको थियो ।

नमूना पोजेटिभ आएपछि दुवैजनालाई सेती अस्पतालमा लगिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित दुवै पुरुष क्वारेन्टाइनमा बस्दै आएको खुलाएका छन् ।

संक्रमित दुईजना भारतबाट हालै फर्किएका हुन् भने एकजना नेपालभित्र नै रहँदै आएकी हुन् । संक्रमित अर्का भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनी रोजगारीका लागि मुम्बईमा थिए । लकडाउनका बखत नेपाल फर्किएको बुझिएको छ ।

यसैगरी, अर्का नेपाली उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनी पनि कामको सिलसिलामा उत्तराखण्ड पुगेको र लकडाउन भएपछि फर्किएका हुन् । दुवैलाई क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन् । दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको बुझिएको छ । उनलाई पनि सेती प्रादेशिक अस्पतालमा राखिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!