शनिबार, चैत्र २२, २०७६ || 935  पटक पढिएको

लकडाउनका कारण समस्यामा परेकालाई राजधानीको पशुपति क्षेत्रमा दैनिक करिब ४०० जनालाई निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको छ । कोराना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउनको घोषणा गरेपछि पशुपतिनाथ परिसरमा रहेको सुमार्गी भवनबाट साधुसन्तसहित ४०० जना सर्वसाधारणलाई निशुल्क भोजनको व्यवस्था गरिँदै आएको पशुपति क्षेत्र विकास कोषका सदस्य राजु खत्रीले जानकारी दिए । पशुपति क्षेत्रका साधु सन्तसहित लकडाउनका कारण गाउँ जान नपाएर काठमाडौंमै बस्न बाध्य भइ समस्यामा परेकाहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिएको छ । निशुल्क भोजनका पशुपति क्षेत्र विकास कोषका प्रदीप ढकाल, कोषका सीईओ घनश्याम खतिवडा सदस्य राजु खत्रीलगायतले व्यक्तिगतरुपमा चामलको सहयोग गरेका छन् भने कालीमाटी तरकारी बजारका दुई जना व्यापारीले आवश्यक तरकारीको सहयोग गरेका छन् । यस्तै पशुपति एग्रोभेटका व्यापारीहरुले मरमसला सहयोग गरेका छन् ।
निशुल्क खाना सुमार्गी भवनका सञ्चालक सुनिल वैद्यको व्यवस्थापनामा बनाउने गरिएको छ भने त्यसका लागि वैद्यले नै केही कर्मचारी खटाइदिएका छन् ।
यस मानवीय कार्यमा स्थानीय सर्जनशील युवा, मानव धर्मका प्रतिनिधि नविन कोइरालालगायतको समेत संलग्नता रहेको बताइएको छ । भोजनको व्यवस्था दैनिक १२ बजेदेखि २ बजेसम्म गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!