बिहिबार, मंसिर २६, २०७६ || 1262  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर ,मंसिर २६ गते ।

संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको नयाँ म्युजिक भिडियो ‘एल.ओ. भी.ई लब’ को आज ओ. एस. आर. डिजिटल मार्फत सार्बजनिक भएको छ ।सार्बजनिक गीतमा स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत बिकाश चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेकोको यस भिडियोमा रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन, बिष्णु खड््काको सम्पादन रबिको मेकअप रहेको छ ।

पहिल्लो समय आईरहेको धेरै भिडियो मध्य यो भिडियो पनि प्राविधक रुपले निकै सबल रहेको भिडियो हेर्दा अड्कल गर्न सकिन्छ । भिडियोमा बिकाश, श्रेया र पूजनको केमेष्टि निकै राम्रो देखिएको छ । गायक पौडेलको यो छठौँ भिडियो हो यस अघि पौडेल निकै मन छुने भिडियो बजारमा ल्याइसकेका छन् । गायक पौडेलको ‘लब यु टु’ को दोस्रो एल्बमको पहिलो सार्बजनिक गित हो ।

थुप्रै भिडियो निर्देशन गरेका संचारकर्मी आचार्यले यस भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको र दर्शकले पनि भिडियोलाई माया गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!