शनिबार, चैत्र २२, २०७६ || 1702  पटक पढिएको

मोरङ कांग्रेसका युवा नेता तथा विद्यार्थी विभाग प्रमुख राजुमास्केले कोरोनाको संक्रमण हुन नदिन सबैलाई उच्च सर्तक रहन आग्रह गर्नुभएको छ । हिपमत संग कुरा गर्दै तार्कीक बौदीक क्षमता भएका मास्केले कोरोना भाईरसले विश्व आक्रान्त बनाईरहेको बेला यसको असर नेपालमा देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारसंग कोरोनाको महामारीवाट मुलुकलाई बचाउन र आफ्ना नागरिकको पूर्णरूममा सुरक्षाका साथ उपचार गर्नको लागी स्वास्थ्य क्रर्मीहरू र सुरक्षा कर्मीहरूलाई यथेष्ट स्वास्थ सामाग्रीहरू उपलब्ध गराउन माग गर्दै श्रमजीवी तथा विपन्न वर्गहरूको लागी उपभोग्य बस्तुको उपलब्ध गराउन र राहातको प्रबन्ध गर्न मातहतका सरकार संग अनुरोध गर्नु भयो । उहाँले विद्यार्थी, शिक्षक, अविभावक, र सम्पुर्ण देशबासीहरुलाई उच्च सर्तक रहन अनुरोध गर्दै सरकारले लागु गरेको लक डाउन पालना गर्न अनुरोध गर्नु भयो ,अहिले सम्म्म कोभिड१९ कोरोना भाईरसले विश्वभर विमारीको सख्या १० लाख पुगेको अनुमान छ । यस्तै मर्नेको संख्या ६० हजार छ । उपप्रधानमन्त्रीको नेतृत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको २०७६ साल चैत्र ११गते सोमवार बसेको बैठकले मुलुकलाई कारोनाबाट जोगाउन लक डाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!