शनिबार, चैत्र २२, २०७६ || 668  पटक पढिएको

भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटाँैडा पठाइएको थियो । उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमूना हेटौँडामा रहेको प्र्रयोगशालामा पठाइएको थियो । बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!