पाँचथर फिदिम नगरपालिका-५ बस्ने ३७ बर्षीय लिलानाथ तुम्बापोको मृत्यु भएको छ ।फिदिम-५ का वडा-अध्यक्ष समेत रहेका तुम्बापोको झापाको विएण्ड-सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई झापामा ल्याई उपचार गराई रहेकोमा उनको शरिरमा सेतो रक्तकोषको कमी भएको कारण उपचारकै क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको उक्त कार्यालय जनाएको हो।