जिल्ला प्रशासन कार्यालय सिरहाले चैत ११ गते पक्राउ परेका मिर्चैया नगरपालिका वडा नं. ४ गदी रोड स्थित रहेको अरुण खरिद विक्री केन्द्रका संचालक अरुण साहलाई धरौटीमा छोडेको छ ।
उनलाई ६५ हजार धरौटीमा रिहा गरेका ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
मिर्चैया नगरपालिका वडा नं. ४ गदी रोड स्थित रहेको अरुण खरिद विक्री केन्द्रमा खाद्य सामग्री विभिन्न ब्राण्डको चामल मिसावट गरेको एक जना व्यपारीलाई पक्राउ गरेको थिए । मिर्चैया नगरपालिका वडा नं. ४ गदी रोड स्थित रहेको अरुण खरिद विक्री केन्द्रका संचालक अरुण साहलाई चैत ११ गते पक्राउ गरेको (डिएसपी) जैसवारले बताए ।
(डिएसपी) सन्तुलाल प्रसाद जैसवारले भने गोप्य सुचनाको आधारमा उक्त अरुण खरिद विक्री केन्द्र अगाडी खाली ठाउँमा चामल मिसावट गरि एउटै ठाउँमा खन्याई राखेको र सोही नजिकमा धिरु लेखिएको चामलको खाली बोरा थान–७, फौजी लेखिएको चामलको खाली बोरा थान–२ र थ्रि टाईम्स लेखिएको चामलको खाली बोरा थान–४७ रहेको थिए । उनले भने मिसावट गरेको चामल बोरामा प्याक गर्दा ४७ बोरा भएको र प्रति बोरा २५ किलोको दरले जम्मा ४७ बोराको एघार सय पचहत्तर किलो रहेको थियो ।

उक्त चामल कानुन बमोजिम बरामद गरि सो चामलको प्रतिबोरा रु.१३००।– को दरले जम्मा रु.६१,१००।– मुल्याङ्कन गरि उक्त चामल सहित अरुण साहलाई आवश्यक कारवाहीको लागी यहि चैत २० गते जिल्ला प्रशासन कार्यालय सिरहामा पठाउँदा अरुण साह संग रु.६५,०००।– धरौटी माग हुँदा धरौटी राखी तारेखमा छुटेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!