शुक्रबार, चैत्र २१, २०७६ || 603  पटक पढिएको

कोभिड–१९ बाट आफ्ना जनतालाई बचाउन यहाँको स्थानीय तहका जनप्रतिनिधिहरु घरघरमा पुगेर मास्स र साबुन वितरण गरिरहेका छन । जिल्लाको पूर्वी क्षेत्रमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले आफनो गाउँपालिकामा रहेका नौ वटा वडा र १६ बस्तीमा स्वास्थ्यकर्मीको टोलीसहित आफैँ घरघरमा पुगेर सर्वसाधारणलाई प्रतिव्यक्ति एउटा साबुन र एउटा मास्क वितरण गर्नुभएको हो । लामा समुदायको बाहुल्य रहेको उक्त गाउँपालिकामा एक हजार ४०० घरधुरी छन् । प्रत्येक घरमा पुगी प्रत्येक सदस्यलाई मास्क र साबुन वितरण गर्ने गरेको टोलीमा संलग्न स्वास्थ्यकर्मी बलिबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार साबुन र मास्क वितरणसँगै गाउँपालिका अध्यक्षले घरदैलो गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना पनि दिँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!