शुक्रबार, चैत्र २१, २०७६ || 774  पटक पढिएको

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु दुई करोड सहयोग गर्ने भएको छ । कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन् । नेपाल सरकाको नीतिअनुसार काम गर्न मद्दत पुगोस् भनेर सङ्घीय सरकार र प्रदेश सरकारलाई रकम सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । कम्पनीले सङघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा रु एक करोड ६५ लाख तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा रु पाँच लाखका दरले रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!