भुवन दाहाल
हिपमता डटकम
बिराटनगर,मंसिर २५ गते ।

क्षेत्रिय खेलकुदको कुम्भमेलाको रुपमा रहेको दक्षिण एसियाली खेलकुदको १३औ संस्करण भब्य समारोहको बिचमा सम्पन्न भएको छ। दशरत रंगशालामा आयोजित समापन कार्यक्रममा हजारौ दर्शकको उपस्थितिको साथमा आतिसबाजी र ड्रोनको प्रयोगमा बिभिन्न प्रकारका आकृतिहरुको प्रदर्शन समेत गरिएको थियो। सम्पन्न सागमा आयोजक नेपाल सहित सार्क रास्ट्रहरु भुटान बंगलादेश पाकिस्तान भारत माल्दिभ्स र श्रीलंका समेतको सहभागिता रहेको थियो। ३ हजार भन्दा बढी खेलाडीहरुले २७ वटा खेलमा ३१६ स्वर्ण पदक ३१६ रजत र ४३१ कास्य गरि कुल एक हजार ६३ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । २७ खेल मध्ये १ खेल कुस्ती जनकपुरमा महिला फुटबल, बिच भलिबल लगायतका ८ खेल पोखरामा र १८ खेल काठमाण्डौमा सम्पन्न भएको छ। बिगतका सागमा जस्तै यस सिजनको सागमा समेत भारतले आफ्नो दबदबा कायम राख्न सफल रह्यो। १७४ स्वर्णका साथमा कुल ३१२ पदक जित्दै भारत पदक तालिकाको शिर्ष स्थानमा रहन सफल भयो। पदक तालिकाको तेस्रो स्थानमा रहेको श्रीलंकाले भने ४० स्वर्णको साथमा २५१ वटा पदक आफ्नो पोल्टामा पार्न सफल भयो। पाकिस्तानले भने ३१ स्वर्णको साथमा कुल १३१ पदक जित्दै तालिकाको चौथो स्थानमा आफुलाई राख्न सफल भयो। पदक तालिकाको पाचौ स्थानमा रहेको बंगलादेशले भने १६ स्वर्ण जितेको छ। यता माल्दिभ्सले भने १ स्वर्ण जित्दै आफ्नो अस्तित्वलाई सागमा जोगाउनं सफल भयो भने भुटानले कुनै पनि स्वर्ण हात पार्न सकेन।
५० स्वर्णको लक्ष्यको साथमा मैदानमा उत्रिएको आयोजक नेपालले भने ५१ स्वर्ण हात पारेको छ। नेपालको लागि पहिलो स्वर्ण भने करातेका माण्डे काजित श्रेष्ठले एकल काता तर्फा जितेका थिए। कराते र तेक्वान्दोमा आफ्नो उच्च बर्चस्व देखाउन सफल नेपाल, १० स्वर्ण करातेमा र १२ स्वर्ण तेक्वान्दोमा मात्रै भित्राउन सफल भयो।
यता बक्सिङ्ग खेलाडी मिनु गुरुङले पनि नेपालका लागि २० वर्षा पछि पहिलो पटक एतिहासिक स्वर्ण जित्न सफल भईन। साइक्लिङ्को रोड रेसबाहेकका प्रतिस्पर्धामा नेपालले आफ्नो बर्चस्व जमाउन सफल भयो। नेपालले साईक्लिङ्को डाउनहिल र क्रस्कनट्रिका सबै स्वर्ण आफै राख्यो। एथ्लेटिक्स्मा पनि आफ्नो प्रदर्शन सुधारेकि नेपालि खेलाडी सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा चमत्कारिक खेल पस्कने क्रममा भारतीय खेलाडीलाई ०. ०१ सेकेण्ड्ले पछि पार्दै रास्ट्रको लागि स्वर्ण पदक हात पारिन। उनि नेपालका लागि एथ्लेटिक्स्मा स्वर्ण जित्ने पहिलो खेलाडि समेत बनेकि छन्।
नेपालले पौडी खेलमा भने व्यक्तिगत स्पर्धामा स्वर्ण जितेर सनसनी मचाउन सफल भयो। १३औ सागमा नेपालि पौडीबाज गौरिका सिंहले एक्लै चार स्वर्ण जित्दै नेपालका लागि एकै सागमा चार स्वर्ण जित्ने खेलाडि समेत बन्न सफल भईन।
यस्तै भारतोलान्मा समेत संजु चौधरीले नेपालका लागि १३ वर्ष पछि स्वर्ण जित्न सफल भईन। साथै उनि पहिलो नेपालि महिला खेलाडी समेत बनेकी छन्। । संगीता धामीले नेपाललाई कुस्तीमा पहिलो पटक एतिहासिक स्वर्ण पदक दिलाईन। यता उसु खेलबाट पनि नेपालले ५ स्वर्ण हात पार्यो। जुडो खेलमा भने स्वर्ण जित्दै पुनम श्रेष्ठ सनसनी मनाउन सफल भईन।
यता टिम खेलमा भने नेपालि पुरुष फुटबलले उपाधिको रक्षा गर्दै स्वर्ण जित्न सफल भएको छ। महिला फुटबल भने फेरी एकपटक भारत संग पराजित हुदै रजतमा नै चित्त बुझाउन बाध्य रह्यो। पुरुष फुटबलमा भुटानलाई नेपालले २( १ गोल अन्तरले हराएको थियो।
महिला भलिबलमा समेत नेपाल भारत संग फाइनलमा पराजित हुन् पुग्दा रजत पदकमा नै चित्त बुझाउन बाध्य रहयो। तर नेपालको प्रदर्शनमा आएको उल्लेखिए सुधारले नेपालि दर्शकको मन भने रिजाउन सफल भयो। यता पहिलो पटक समाबेश गरिएको क्रिकेटमा भने नेपालको पुरुष र महिला दुवै टोलीले सन्तोषजनक प्रदर्शन गरे। दुवै टोलीले कास्य पदक जित्न सफल भए। यता पुरुष र महिला दुवै विधाको क्रिकेटमा दुवै स्वर्ण बंगलादेशले हात पार्यो।
यता ५०औ स्वर्ण पदक भने नेपालका लागि बक्सिङ्ग खेलाडि सनिल साहीले हात पारे भने ५१औ स्वर्ण पदक नेपालका लागि नेपालि रास्ट्र फुटबल टोलीले हात पार्यो।

१४औ साग आयोजनाको जिम्म भने अर्को सार्क रास्ट्र पाकिस्तानले पाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!