शुक्रबार, चैत्र २१, २०७६ || 607  पटक पढिएको

सिरहा जिल्लाका एक घरमा आगलागी भएको छ ।कल्याणपुर नगरपालिका वडा नं. ११ का स्थानीय नेकपाका नेता बासुदेव ठाकुरको घरमा गएराति आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । आगलागीमा परेर घरभित्र रहेको भैँसी र गोरु जलेर घाइते भएको हो । साथै घरभित्रै रहेको स ४ प ४४२५ नम्बरको हिरोहोण्डा कम्पनिको सुपर स्प्लेन्डर मोटरसाइकल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जनाएको छ ।
आगलागी हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिको सहयोगमा आगोलाई नियन्त्रणमा लिएका थिए । पक्की घर भएकाले थप क्षति हुनबाट जोगिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) जैसवारले बताए । (डिएसपी) जैसवारले भने आगलगी घटनाको थप अनुसन्धान भइरहेको छ ।
यता, घरधनी बासुदेव ठाकुरले भने कसैले पेट्रोल छर्केर आगो लगाएको दावी गरेका छन् । घरका सबैजना सुतिरहेका बेला पेट्रोल छर्केर अज्ञात समुहले आगो लगाएको ठाकुरले बताए । साथै नेकपाका स्थानीय नेता ठाकुरको घरमा विपक्षीहरुले योजना बनाएर आगो लगाएको युवासंघ नेपालका केन्द्रिय सदस्य बैधनाथ साहले आरोप लगाएका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!