शुक्रबार, चैत्र २१, २०७६ || 885  पटक पढिएको

कोरोना भाइरस रोकथामका लागि म्याग्दीमा करिब रु तीन करोड विनियोजन गरेका छन् । छ स्थानीय तह रहेको म्याग्दीमा बिहीबार मङ्गला गाउँपालिकाले विनियोजन गरेको रु ३० लाखसहित कोरोना रोकथामका लागि स्थानीय तह र अन्य निकायको बजेट रु दुई करोड ९६ लाख पुगेको हो । यसअघि अन्नपूर्ण गाउपालिकाले रु ७० लाख, बेनी नगरपालिका र धवलागिरि गाउँपालिकाले रु ५०÷५० लाख, रघुगङ्गा गाउँपालिकाले रु ३४ लाख र मालिका गाउँपालिकाले रु २० लाख विनियोजन गरेका थिए । जिल्ला समन्वय समितिले विपन्नको खानपानको व्यवस्थापनका लागि छ स्थानीय तहलाई रु दुई–दुई लाख र बेनी अस्पताललाई औजार, उपकरण खरिद गर्न रु तीन लाख सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेनी अस्पताललाई आइसोलेसन व्यवस्थापन गर्न रु पाँच लाख दिएको छ । विनियोजन भएको रकम कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहत वितरणमा परिचालन हुने मङ्गला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार कोषमा अध्यक्ष सतप्रसाद रोकाले व्यक्तिगतरुपमा रु एक लाख उपलब्ध गराउनुभएको छ । स्थानीय तहहरुले कोरोनाविरुद्धको सचेतना फैलाउन, विदेशबाट आएकालाई राख्ने क्वारेन्टाइन बनाउन र विपन्नलाई खाद्यान्न उपलब्ध गराउने सो बजेट परिचालन गर्ने जनाएका छन् । मङ्गलाका विभिन्न बस्तीमा लकडाउनको कार्यान्वयन र कोरोना रोकथामका लागि सचेतना फैलाउन १६ जना स्वंसेवक कार्यदल परिचालन गरिएको छ । बाबियाचौरको मङ्गला शिक्षा क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा नौ जनालाई राखिएको छ । पाँच वडा रहेको मङ्गला गाउँपालिकामा पछिल्लो एक महिनायता विदेशबाट आएका ३० मध्ये १५ दिन नपुगेकालाई क्वारेन्टाइनमा राखिएको थियो । बेनी अस्पतालको आइसोलेसनमा रहेका एक जनाको स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पोखरा पठाइएको छ । बेनी र स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५१ जना रहेको प्रजिअ ज्ञाननाथ ढकालले बताउनुभयो । “जिल्लाभर १२५ श्ययाको क्वारेन्टाइन बनाइएको छ”, उहाँले भन्नुभयोे, “एक महिनायता विदेशबाट आएका ११५ जनाको लगत सङ्कलन भएकामा १५ दिन नपुगेका र शङ्कास्पदलाई क्वारेन्टाइनमा राखिएको हो ।” सङ्क्रमण नभएको पुष्टि म्याग्दीको बेनी अस्पतालको आइसोलेसनमा उपचाररत युवतीमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । बागलुङ घर भई पर्वतको जलजला गाउँपालिकाको बारीबेनीमा बस्दै आएकी २७ वर्षीया युवतीमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइतबार बेनी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनमा कोरोना सङ्क्रमणको आशङ्कामा स्वाबको नमूना सङ्कलन गरेर मङ्गलबार पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले शुक्रबार बिहान सङ्क्रमण नभएको पुष्टि भएको जानकारी गराएको कोरोना रोकथामका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टका सदस्य सुरज केसीले जानकारी दिनुभयो । यसैगरी बेनीको न्यूवेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टाइनमा रहेका एक युवाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना आशङ्कामा बिहीबार उनको स्वाबको नमूना सङ्कलन गरेर पोखरास्थित प्रयोगशालामा पठाइएको डा मनोज घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!