शुक्रबार, चैत्र २१, २०७६ || 703  पटक पढिएको

पाँचथर, फिदिम नगरपालिका–९ लुम्फाबुङका इन्द्रबहादुर लावतीले २५ किलोको चामलको बोरा उचाल्दै सोध्नुभयो, “यो ककसले दिएका रे रु” वितरण गर्न गएकाहरुले बुझाए, “हाम्रै क्षेत्रबाट निर्वाचित प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र उहाँकी श्रीमती कुमारी लावतीले ।” उहाँ मुस्कुराउनुभयो । आफू र छोराले काम नपाइरहेका बेला महिना दिन पुग्ने चामलको जोहो भएकामा ‘हल्दार’मा खुशी त थियो नै, त्यसभन्दा बढी आफू आर्थिक रुपले पीडित भए पनि कसैले नहेरेको तर मन्त्रीले चामल पठाइदिएको भनेर दङ्ग हुनुभयो । “घर जल्यो । अन्न फल्न छाड्यो”, आफ्नो पीडामा खुशी भर्दै लावतीले भन्नुभयो, “कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे १ चेलीले सम्झिइन् ।” लावती फिदिम र नवमीडाँडाबाट गाउँसम्म सामान बोेकेर जीविका चलाउनुहुन्थ्यो । जब गाउँमा सडक र गाडी पुग्यो, आम्दानीको बाटो टुट्यो । श्रीमती पनि बितिन् । केही वर्षअघि फिदिमबाट गाउँसम्म पेट्रोल लिएर जानुभएको थियो हल्दार । घरमा राखेर बितेको काम सम्हाल्न थाल्नुभयो । पेट्रोल पोखियो, आगो उठ्यो, घर जल्यो । आर्थिक विपन्नताकै कारण छोराछोरीलाई राम्रोसँग पढाउन पाउनुभएन । बिहीबार ‘मन्त्रीले पठाइदिएको’ चामल पाउँदा ‘हल्दार’ लावतीलाई सबै खुशी फर्किएजस्तो लाग्यो । लावतीजस्तै फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिकाका ३ १० ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई मन्त्री आङ्बोले व्यक्तिगत रुपमा खाद्यान्न उपलब्ध गराउनुभएको हो । लकडाउनको प्रभावले दैनिक श्रम गर्न नपाएर समस्यामा परेका विपन्न परिवारलाई मन्त्री आङ्बोले रु दुई लाख ५० हजार मूल्यको खाद्यान्न उपलब्ध गराउनुभयो । “लकडाउनको प्रभावले दैनिकी गुजार्न समस्यामा परेका आफ्नै निर्वाचन क्षेत्रका नागरिकलाई आफ्नै लगानीमा राहत दिएको हुँ”, मन्त्री आङ्बोले भन्नुभयो, “तीनै तहका सरकारले यस्ता परिवारहरुलाई सहयोग गर्नुपर्ने आवश्यकता छ । यसमा स्थानीय सरकारको विशेष तत्परता चाहिन्छ ।” स्थानीय तहले दैनिक ज्यालामजदूरी गरेर जीविकोपार्जन गर्ने तथा अतिविपन्न आर्थिक अवस्थाको परिवारका रुपमा सूचीकृत गरेका परिवारलाई जनप्रतिनिधिकै रोहवरमा खाद्यान्न उपलब्ध गराइएको हो । मन्त्री आङ्बोले तुम्बेवा गाउँपालिकाका १९० परिवार, फिदिम–९ लुम्फाबुङका ६० परिवार तथा फिदिम–६ शिवाका ७० परिवारलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो । मन्त्री आङ्बो पाँचथर क्षेत्र नं ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । (((

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!