शुक्रबार, चैत्र २१, २०७६ || 570  पटक पढिएको

क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले दुई दिनमै घरमा पठाइदिएको छ । महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका २१ जनालाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घरघरमा पठाइएको हो । क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताउनु भयो । महाबुगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले क्वारेन्टाइनमा राखिसकेपछि कम्तीमा मापदण्ड पूरा गर्नुपर्ने सुझाव आफूले दिएको जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!