बुधबार, मंसिर २५, २०७६ || 1719  पटक पढिएको

हिपमत डटकम
ईटहरी, मंसिर २५ गते ।

चर्चित पत्रकार एवं लोकप्रिय कार्यक्रम सीधा कुरा जनतासंगको प्रस्तोता रवि लामिछानेले अब केही ‘फरक’ केही ‘विशेष’ गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सनिवार उनले ३१ सेकेन्डको एक प्रोमो भिडियो युट्युबबाट सार्बजनिक गर्दै सो घोषणा गरेका हुन । तर सो काम के हो भन्ने कुरा भने अझै गोप्य नै राखिएको छ । हेर्नुस भिडियो ।

बुझिए अनुसार उनले ‘को बन्छ करोडपती’ संचालन गर्ने टिम संग सहकार्य गर्दै छन । को बन्छ करोडपतीको प्रोजेक्ट हेड बिपिन कुमार आचार्यले पनि सो भिडियो सार्बजनिक हुनु भन्दा केहिदिन अघि यो सार्बजनिकको बारेमा जानकारी गराउदै एक पोस्टर सार्बजनिक गरेका थिए । जसमा रविले केही फरक लेखेको प्ले कार्ड बोकेका छन् ।

यता सनिवार सार्बजनिक गरिएको भिडियोलाई ‘को बन्छ करोडपती’कै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । तर च्यानलको नाम भने परिवर्तन गरिएको छ । को बन्छ करोडपती लाई परिवर्तन गर्दै ‘गुन्द्रुक’नाम राखिएको छ । यसअर्थमा टिपिकल टेलिभिजन कार्यक्रम हो र टेलिभिजनमा प्रसारण हुने सो कार्यक्रमको नाम “गुन्द्रुक” नै नहोला पनि भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!