खबर ठुलो छ

प्रदेश नं ५, जनस्वास्थ्य प्रयोगशाला बुटवलको आयोजना र स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा कोरोना भाइरसको नमूना सङ्कलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्व गरी चार जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा रहेका प्रयोगशाला प्राविधिकको सहभागिता थियो । कार्यक्रममा प्यूठानका आठ, रोल्पाका तीन, दाङ र रुकुमपूर्वका एक÷एक गरी १३ जनाको सहभागिता थियो । कोरोनाको नमूना सङ्कलनका लागि जोखिमरहित रहेर प्रयोगशालामा पठाउन र आ–आफ्नो कार्यस्थल तथा वरिपरि सुरक्षित कसरी रहने भन्ने विषयमा तालिम केन्द्रित थियो । कोरोना भाइरसका शङ्कास्पद सङ्क्रमितको जिल्लास्तरबाट नै स्वाब नमूना सङ्कलन कसरी गर्ने, सङ्कलन गरिएको नमूना कसरी सुरक्षित भण्डारण गर्ने र उचित मापदण्डका साथ कसरी ढुवानी गरी तोकिएको प्रयोगशालामा जाँच गर्न सहजरूपमा पठाउने भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका ल्याब टेक्निसियन प्रेमकुमार यादव र कल्पना घिमिरेले गर्नुभएको थियो । प्रदेश नं ५ का लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल बाँकेमा प्रयोगशाला बनाइने प्रदेशको सामाजिक विकास मन्त्रालयको योजना छ ।

शुक्रबार, चैत्र २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया