शुक्रबार, चैत्र २१, २०७६ || 1865  पटक पढिएको

पोखरामा विभिन्न चार अस्पतालमा ज्वरो मापन (फिवर क्लिनिक) सञ्चालन गरिने भएको छ । कोरोना भाइरसबाट सम्भावित सङ्क्रमितको उपचारमा सघाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मणिपाल शिक्षण अस्पताल नदीपुर, चरक मेमोरियल अस्पताल नागढुङ्गा र पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा फिवर क्लिनिक सञ्चालन हुन लागेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने यसअघि नै क्लिनिक स्थापना गरिएको थियो । क्लिनिकमा ज्वरो परीक्षणका आधारमा चिकित्सकबाट कोरोना जाँच ल्याब परीक्षणका लागि सिफारिस गरिनेछ । पोखरा स्वास्थ्य विज्ञानमा बिहान ९ देखि ३, चरकमा ९ देखि ५ बजे, गण्डकी मेडिकल कलेजमा ९ देखि ४ बजे तथा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म फिभर क्लिनिक सञ्चालन हुने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका सिनियर हेल्थ असिस्टेन्ट हरिलाल आचार्यले बताउनुभयो । सामान्यरूपमा यसअघि पनि क्लिनिक सेवा प्रदान गरिए पनि अब सबै अस्पतालमा तोकिएको समयमा सर्वसाधारणलाई सेवा प्रदान गरिने उहाँको भनाइ छ । नेपाल बैंकद्वारा सहयोग गण्डकी प्रदेश सरकारलेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय गण्डकी प्रदेशले रु पाँच लाख सहयोग गरेको छ । बैंकका प्रादेशिक कार्यालय प्रमुख विनय केशरी पौड्यालले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बिहीबार सो रकमको चेक हस्तान्तरण गरेका गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!