प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, ते¥हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको जानकारी दिनुभयो । आइसोलेशन वार्डमा बिहीबारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच महिला छन् । यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ । अलपत्र २५० मजदूरको उद्धार भोजपुर– कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र २५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको हो । त्यस्तै मजदूरलाई पु¥याएर फर्केको बसमा भोजपुर घर भई काठमाडाँै, इटहरी, धरानलगायत ठाउँमा बस्दै आएका ६१ जनाको स्वास्थ्य परीक्षण गरेर अवस्था सामान्य पाइएपछि छाडिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा करीब तीन महिनालाई पुग्ने खाद्यान्न भण्डारमा रहेको प्रजिअ पुरीले जानकारी दिनुभयो । ‘‘ भोजपुरमा कोरोनाको कारण आत्तिनुपर्ने अवस्था छैन, बाहिर नपठाउने हो भने तीन महिनालाई पुग्ने खाद्यान्न स्टक छ, अन्य तेल, नुनसँंगै पेट्रोलियम पदार्थको पनि जिल्लामा अभाव छैन’’, उहाँले भन्नुभयो । भोकालाई नगर उपप्रमुखद्वारा खाद्यान्न प्रदाान खोटाङ–हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईले लकडाउनका मारमा परेका विपन्न परिवारलाई खाद्यान्न प्रदान गर्नुभएको छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका नगरपालिका–७ महादेवस्थानस्थित माल्खुका २५ घरपरिवारलाई उपप्रमुख राईले व्यक्तिगत खर्चमा खाद्यान्न खरीद गरेर प्रदान गर्नुभएको हो । सहकारी संस्थाबाट हर्जना छुट घोषणा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले लकडाउनको अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको बिहीबार बसेको संयुक्त बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी संस्था बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो । हर्जना छुट पाउनका लागि ऋणीले लकडाउन खुलेको १५ दिनभित्र किस्ता बुझाउनुपर्ने निर्णय भएको सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म आठ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरे पनि होम क्वारेन्टाइन नै उपयुक्त रहेको भन्दै विदेशबाट आएकालाई घरैमा बस्न छुट दिइएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!