शुक्रबार, चैत्र २१, २०७६ || 570  पटक पढिएको

यहाँका किसानले जुम्ली मार्सीधानको बीउ रोपेका छन् । लकडाउनको प्रभाव जुम्ला सदरमुकाम खलङ्गा बजारमा भए पनि गाउँतिर भने खासै प्रभाव परेको छैन । जुम्ली किसानले कृषिपात्रोअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाए । जुम्ली कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा राख्ने परम्परा रहिआएको किसान हरिकला पाण्डेले बताउनुभयो । ‘विक्रम संवत् ११९८ देखि चन्दननाथ बाबा र लछालकृति पैकलाले कालीमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विसुवा पर्व मनाउने चलन छ । धान खेतीको चक्र चैत महिनाको १२ गतेदेखि शुरु हुने र चैतमा बेर्नाका लागि बीउ राखी जेठअसारमा रोपिने कृषि विकास कार्यालयका सूचना अधिकारी खेमराज शाहीले जानकारी दिनुभयो । ‘जिल्लाभरि एकै दिन छर्किने गरिन्छ,’ उहाँले भन्नुभयो, ‘ढिलो भए ६ महिने धानको चक्र नै बिग्रन्छ । वैज्ञानिक हिसाबले पनि आज(बिहीबारको दिन बीउ बेर्नामा राख्नैपर्छ ।’ जिल्लामा यस वर्ष दुई हजार आठ सय हेक्टरमा धान खेती हुने लक्ष्य रहेको कृषि विकास कार्यालयले जनाएको छ । जुम्लामा वर्षेनी पाँच हजार ६ सय मेट्रिक टन धान उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!