बिहिबार, चैत्र २०, २०७६ || 547  पटक पढिएको

लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालन नआएपछि विचल्लीमा परेका सवारी साधनका मजदूरलाई विहान र वेलुकी खाना खुवाउने कार्यको शुरु गरिएको छ । सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालि, नेपाल यातायात मजदूर सङ्घ, बसपार्क व्यवस्थापन समिति, नेपाल यातायात मजदूर सङ्घ र अखिल नेपाल यातायात मजदूर सङ्घले संयुक्त रुपमा बसपार्कस्थित होटलमा दैनिक ६० मजदूरलाई विहान र वेलुकी खाना खुवाउने कार्य बुधवारदेखि शुरु गरिएको छ । सुनौलो विहानका अध्यक्ष राजन कँडेलले सार्वजनिक यातायात सञ्चालन नहुँदा भोकै वस्नु परेको कैलाली, वाँके, जनकपुरलगायतका मजदूरहरुलाई लकडाउनको अवधिसम्म खाना खुवाउने व्यवस्था मिलाएको बताउनुभयो । सप्तरीका चालक हरिनारायण मुखीयाले यातायात सञ्चालन नहुँदा आफूसँग भएको सबै रकम खर्च भइसकेको र भोकै वस्नु पर्ने अवस्थामा अहिले विभिन्न सङ्घसङ्गठनले खानाको व्यवस्था गर्दा खुशी लागेको बताउनुभयो । उक्त कार्यमा सिएमजी स्वास्थ्य क्लव विराटनगर–११ ले पनि सहयोग गरेको छ । यस्ता कार्यमा सहयोग गर्न अन्यदातालाई आग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!