बिहिबार, चैत्र २०, २०७६ || 592  पटक पढिएको

सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोभिड–१९ रोकथामका लागि प्रदेशका दुई प्रादेशिक अस्पताल, सात जिल्ला अस्पतालसहित स्थानीय तह र नेपाली सेनाले स्थापना गरेको तीन हजार ९७३ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार कैलालीमा एक हजार २० श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । जसमा अहिले ३३७ लाई राखिएको छ । यस्तै कञ्चनपुरमा ३०१ श्यया स्थापना भएकामा ३४, डडेल्धुरामा ४६१ श्ययामा ३९, डोटीमा ५१७ श्ययामा ३९८, अछाममा १७१ श्ययामा ६५ जना राखिएको जनाइएको छ । यस्तै बाजुरामा ४७० श्ययामध्ये ५८, दार्चुलामा ३३१ श्ययामध्ये १६८, बैतडीमा ७०२ श्ययामा ३१० र बझाङमा २९८ जनालाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । यस्तै प्रदेशमा २४९ श्ययाको आइसोलेसन स्थापना गरिएको छ । कोरोना सङ्क्रमणको आशङ्कामा ४३ लाई भर्ना गरिएकामा ३२ डिस्चार्ज भइसकेको जनाइएको छ । प्रदेशमा हालसम्म शङ्कास्पद ४७ बिरामीको स्वाब सङ्कलन गरिएको छ । सङ्कलन गरिएको ४७ नमूनामध्ये ३१ को रिपोर्ट आइसकेको जनाइएको छ । ३१ रिपोर्टमध्ये एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने अन्य ३० मा नेगेटिभ देखिएको छ । नेकपा प्रदेश सदस्यलले कोष बढाउँदै सुदूरपश्चिम प्रदेशसभामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३० प्रदेशसभा सदस्यले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषलाई आफ्नो १५ दिनको पारिश्रमिक दिने घोषणा गरेका छन् । प्रमुख सचेतक तारा लामा तामाङका अनुसार ३० जनाको १५ दिनको पारिश्रमिक रकम रु आठ लाख ५० हजारभन्दा बढी रकम कोषमा जम्मा गरिने घोषणा गरिएको हो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सो कोषमा सांसदको रकम जम्मा गरिने छ । नेकपाका प्रदेशसभामा ३९ सांसद रहेकामा मुख्यमन्त्री र मन्त्रीले एक महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेका छन् । १२८ सवारी नियन्त्रणमा सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन उल्लङ्घन गरी चलाइएका १२८ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लङ्घन गरी चलाइएका मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएर चालकलाई सम्झाइबुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । दिनभर घरमा बसेर साँझ धेरैले लकडाउन उल्लङ्घन गर्ने गरेको पाइएपछि पछिल्लो समय कैलाली प्रहरीले निगरानीलाई थप कडा बनाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!