सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने निर्णय हाल रोकिएको छ । प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सर्दै भन्ने समाचार राष्ट्रिय समाचार समिति (रासस) मा प्रकाशन भएपछि डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आले मगरको पहलमा उक्त निर्णय हाल रोकिएको हो । दिपायलबाट ती कार्यालय कैलाली जिल्ला सार्ने प्रहरी प्रधान कार्यालय नक्सालको पत्र आएसँगै डोटीमा निकै विवाद शुरु भएको थियो । डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल तत्काल नसारिने भन्ने जानकारी आएपछि अहिले यहाँका बासिन्दा निकै खुशी भएका छन् । दिपायलबाट राजधानी कैलालीमा सरेसँगै यहाँ भएका क्षेत्रीयस्तरका कार्यालय पछिल्लो समय धमाधम त्यतै सारिन थालेका छन् । दिपायलमा भएका कार्यालय सारिन थालेपछि यहाँ भएका भौतिक संरचना खण्डहर बन्दै गएको स्थानीयवासीको गुनासो छ । डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्ने भन्नेबारे जानकारी पाएपछि आफूले केन्द्रमा सम्बन्धित निकाय र पदाधिकारीसँग कुरा गरेर प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल नसार्ने विषयमा आग्रह गरेको सांसद आलेलेबताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल नसार्न मैले आग्रह गरेलगत्तै सम्बन्धित निकायबाट नसर्ने भन्ने जानकारी आएको छ, कुनै पनि हालतमा दिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सर्ने छैन ।” सीमामा रोकिएका नेपाली भारतको क्वारेन्टाइनमा भारतका विभिन शहरबाट काम गरेर स्वदेश फर्किने सयौँ सुदूरपश्चिमेली केही दिन यतादेखि नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका छन् । सीमा क्षेत्रमा रोकिएका नेपालीलाई भारत सरकारले नै खानेबस्ने व्यवस्था मिलाएको सीमा क्षेत्रका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । नेपाल र भारतबीच दुवै देशमा अलपत्र पनागरिकलाई आआफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएअनुसार उनीहरुलाइ भारतका विभिन्न ठाउँका क्वारेन्टाइनमा राखी खाना खुवाउन थालिएको छ । त्यसैगरी उनीहरुको स्वास्थ्य परीक्षणसमेत क्वारेन्टाइनमा गर्न लागिएको छ । नेपालतर्फ कैलालीको धनगढीमा क्वारेन्टाइन बनाई भारतीयका लागि खानेबस्ने व्यवस्थापन मिलाइएको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिनुभयो । यसरी सीमा क्षेत्रमा रोकिने नेपालीमा सबैभन्दा बढी दार्चुला जिल्लाको सीमा क्षेत्रबाट आउने नेपाली छन् । भारत सरकारले धार्चुला क्षेत्रका चार र जोलीजिबी क्षेत्रको एक ठाउँमा क्वारेन्टाइन बनाएर करीब छ सय नेपालीलाइ खानेबस्ने व्यवस्था मिलाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण पर्शुरामधाम -अमरगढी नगरपालिका डडेल्धुराले ब्लड बैंक डडेल्धुरालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालनमा ल्याएको ब्लड बैंकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । ब्लड बैंकमा रहने कर्मचारीको सुरक्षाका लागि आवश्यक हुने सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीमा एक थान पिपिई, केही एन ९५ मास्क र १० थान सर्जिकल मास्क अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले ब्लड बैंक प्रमुख गणेशबहादुर ऐरलाई हस्तान्तरण गर्नुभएको थियो । वन उपभोक्तालाई साबुन र मास्क अजयमेरु गाँउपालिका २ कोख बसानामा रहेको विन्द्राधुरा पन्नडा सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्तालाई साबुन र मास्क वितरण गरेको सामुदायिक वनका अध्यक्ष भरत सार्कीले बताउनुभयो । वडा नं २ का वडा सदस्य नन्दादेवी पालसहित सामुदायिक वनका पदाधिकारी तथा सदस्यको टोलीले घरघरमा पुगेर तीव वस्तु वितरण गरेको सामुदायिक वनका सचिव पार्वतीदेवी भाटले बताउनुभयो । सामुदायिक वनका हरेक उपभोक्तालाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सचेतना अपनाउन र घरभित्रै बस्न आग्रह गरिएको छ । सिगासमा दुई हेलिप्याड निर्माण बैतडी¬ – दुर्गम सिगास गाउँपालिकाले पालिकाका दुई स्थानमा हेलिप्याड निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमितलाई आपत्कालीन रुपमा तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वसतर्कताका लागि हेलिप्याड निर्माण गरिएको हो । वडा नं २ को गाँजरी र वडा नं ८ को लेकमा अस्थायी हेलिप्याड निर्माण गरिएको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । गाउँपालिकामा हालसम्म ५६ जना भारतबाट आएका छन् । तीमध्ये १४ जना क्वारेन्टाइनमा र २६ सेल्फ क्वारेन्टाइनमा बसेको बताइएको छ । भारतबाट आएका ३१० क्वारेन्टाइनमा बैतडीका स्थानीय तहले क्वारेन्टाइन निर्माणमा जोड दिएका छन् । जिल्लाका दशै स्थानीय तहले ७०२ क्वारेन्टाइन निर्माण गरिसकेका छन् । भारतबाट फर्केका नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेको जनाइएको छ । भारतका विभिन्न ठाउँबाट जिल्लाका विभिन्न स्थानीय तहमा आएका ३१० जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । विदेशवाट आएकाको तथ्यांक संकलन सुर्नया गाउँपालिकाले भारत तथा अन्य मुलुकबाट आएका स्थानीय नागरिकको तथ्यांक संकलन गरेको छ । संकलित तथ्यांकानुसार ३४६ जना भारत तथा अन्य मुलुकबाट आएका गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्न नमान्दा जोखिम भारतबाट फर्किएका नेपाली नागरिकले क्वारेन्टाइनमा बस्न नमान्दा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उनीहरु सेल्फ क्वारेन्टाइमा समेत नबसी अनावश्यक रुपमा डुुल्ने गरेको दोगडाकेदार गाउँपालिका १ रिमका रामसिंह कुँवरले जानकारी दिनुभयो । पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा नबसेकाहरुलाई होम क्वारेन्टाइनमा अनुरोध गरिएको छ । विश्वका शक्तिशाली मुलुक पनि कोरोनासंँग जुध्न असफल भएकाले हेलचेक्य्राइँ नगर्न बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!