बुधबार, मंसिर २५, २०७६ || 1753  पटक पढिएको

हिपमत डटकम
मोरङ, मंसिर २५ गते ।

मोरङको बेलवारी नगरपालिका-५ मा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा बेलवारी नगरपालिका-५ रामपुर स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यस राज साहको मृत्यु भएको हो । निजकै ५ बर्षीय छोरालाई बिद्यालय पठाउनको लागि प्रमोद साहको श्रीमती शिव कुमारी साहले दुवै छोराहरुलाई संगै लिई गएको र सानो छोरालाई भुईमा राखी ठुलो छोरालाई बसमा चढाएको तथा बस गुड्ने क्रममा भुईमा रहेको नावालकलाई बसले किच्चा घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!