बुधबार, मंसिर २५, २०७६ || 1199  पटक पढिएको

 

बिक्रम कार्की
हिपमत डटकम
बिराटनगर ,मंसिर २५।

युवा गायक तथा संगीतकार तुलाधर दर्नालले आफ्नो युट्युब मार्फत “सुनै सुनको”बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गीतमा गायक स्वयंकै संगीत रहेको यश गीतमा शब्द रचना गीतकार उपेन्द्र “दुःखि छिमेकी”अधिकारीको रहेको छ भने संगीत संयोजन किरण कणेलको छ।
नेपाली सांगीतिक दुनियाँमा अनवरत रुप मा लामो समय देखि लागि परेका व्यक्ति मध्ये गायक संगीतकार तुलाधर दर्नाललाई पनि लिइन्छ।हालै मात्र सार्वजनिक यस गीतलाई अहिलेलाई लिरिकल भिडियोको रुपमा सार्वजनिक गरिएको छ। भिडियो भने केही समय पछि बजारमा आउने गायक तुलाधर दर्नाल बताउछन् । गीतलाई नेपाली सांगीतिक आकाशमा उत्कृष्ट सृजनाको रुपका तपाईं हामीले लिन सक्छौं।

गीतकार उपेन्द्र “दुखी छिमेकी”को उत्कृष्ट शब्द सृजना तथा किरण कणेलको दमदार संगीत संयोजनले गीतको उचाइ धेरै माथि पुर्‍याउने तुलाधरको अनुमान छ। ।यस अघि गायक तुलाधर दर्नालको बिचै नदिमा तिमिले ,मेरो मुटु तिमि,मन मेरो चोरी बजारमा आइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!