खबर ठुलो छ

नेपाली काँग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । विभाग प्रमुख शङ्कर भण्डारीले आज एक विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो । “नेपालको संविधानको मौलिक हकअन्र्तगत धारा ४५ मा देश निकाला विरुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै सीमामा अलपत्र परेका नेपालीको उद्धारमा जुट्न आग्रह गर्दछु”, विज्ञप्तिमा भनिएको छ । संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक र धारा ५२ ले राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व तोकेको भन्दै उहाँले संविधानबाट प्रत्याभूत अधिकारलाई कुण्ठित गर्ने गरी नागरिकलाई देश पस्न नदिनु, अवरोध खडा गर्नु अत्यन्त दुःखद् विषय भएको उल्लेख गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका भण्डारीले विश्वका अन्य देशले आफ्ना नागरिक खोजीखोजी हवाई जहाजमार्फत स्वदेश फर्काउँदासमेत नेपाल सरकारले सीमामा अलपत्र रहेका नेपालीको उद्धार नगर्नु गैर दुःखद भएको विज्ञप्तिमा भन्नुभएको छ ।

बुधबार, चैत्र १९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया