बुधबार, चैत्र १९, २०७६ || 703  पटक पढिएको

पत्रकारहरुलाई कोभिड–१९ को जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सामग्री आज वितरण गरिएको छ । नेपाल प्रेस युनियन, मोरङले विराटनगरमा क्रियाशील पत्रकारहरुलाई क्याप, मास्क, ग्लब्स र सेनिटाइजर वितरण गरेको हो । युनियनका मोरङ अध्यक्ष कुमार लुर्इंटेल, पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, न्यू सृष्टी दैनिकका प्रधानसम्पादक शङ्कर खरेललगायतले पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुभयो । खाद्यान्न सहयोग सामुदायिक सेवा केन्द्र तीनपैनीले ७५ जना सुकुम्बासी परिवारलाई आज यहाँ खाद्य सामाग्री वितरण गरेको छ । केन्द्रले विराटनगर–१९ धनपुरा क्षेत्रमा बसोबास गर्ने ७५ जना ऋषिदेव समुदायका सुकुम्बासीलाई प्रतिपरिवार छ केजी ५०० ग्राम चामल, ५०० ग्राम दाल, दुध एक प्याकेट, नून पाँच केजी, च्युरा र भुजा एक÷एक केजी र चाउचाउ एक÷एक कार्टुन उपलब्ध गराएको हो । केन्द्रले विभिन्न विभिन्न दाताहरुको सहयोगबाट उक्त सामग्री सङ्कलन गरी वितरण गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी, विराटनगर–१९ का वडाध्यक्ष बद्रीनाराण सरदार र सामुदायिक सेवा केन्द्र तीनपैनीका अध्यक्ष मिना जोशीलगायतले घरघरै पुगेर खाद्य सामाग्री वितरण गर्नु भएको हो । खाद्य बैंक सञ्चालनमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानले आजदेखि यहाँ ‘फुड बैंक’ सञ्चालनमा ल्याएको छ । लकडाउनको अवधिमा दैनिक श्रमका आधारमा रोजीरोटी गरी खाने समुदाय भोकभोकै बस्ने अवस्था सिर्जना भएपछि पीडितलाई राहत उपलब्ध गराउन फुड बैंक सञ्चालनमा ल्याइएको लायन्स राहत समिति पूर्व क्षेत्र संयोजक रेबतबहादुर कार्कीले बताउनुभयो । बैंकले लकडाउनका कारण विपन्न समुदायलाई खाद्यान्न अभावको सङ्कट समाधान गर्ने छ । फुड बैंकले पहिलो चरणमा विराटनगर महानगरपालिकाका एक हजार घर परिवारलाई खाद्यान्नसहितका अन्य सामग्री उपलब्ध गराउने कार्कीले जानकारी दिनुभयो । लायन्स क्लब अफ विराटनगर एक्टिभ र लायन्स क्लब अफ विराटनगर डाइनोले आवश्यक खाद्यान्न उपलब्ध गराएपछि एक हजार परिवारलाई प्रति परिवार १० केजी चामलसहित, दाल, च्युरा, भुजा, चिनी, खानेतेल, नून, चाउचाउ र बिस्कुटलगायतका खाद्यान्न वितरण गर्न लागिएको हो । विराटनगर महानगरपालिकासँगको समन्वयमा खाद्यान्न वितरण गरिने कार्कीले बताउनुभयो । फुड बैंकले लायन्स क्लब आबद्ध विभिन्न भातृ संस्था तथा मनकारी सहयोगीहरुबाट सहयोग सङ्कलन गरी आवश्यक व्यक्तिलाई वितरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!