बुधबार, मंसिर २५, २०७६ || 1339  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ ,मंसिर २५।

भक्तपुरको प्रदेशसभामा उपचुनाव हारेपछि सत्तारुढ प्रमुख दल नेकपाका कार्यकर्ता आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
जनताले नचिनेका र अघिल्लो चुनावमा ‘वागी’ उठेका पूर्वमाओवादीका देवीप्रसाद (डी.पी.) ढकाललाई उम्मेदवार बनाएकै कारण नेकपाले सो क्षेत्र गुमाएको पूर्वएमाले पक्षको आरोप छ । आपूm ‘वागी’ नभएर त्यागी उम्मेदवार भएको ढकालको दाबी रहँदै आएको छ ।
पूर्वएमालेहरुले ढकाललाई उम्मेदवार बनाएकै कारण भक्तपुर गुमाउनुपरेको भन्दै गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । उनीहरुले पार्टीमा भागवण्डा खोज्न तर जनतामा मत लिने ठाउँमा लोकप्रिय व्यक्ति छाडेर टिकटमा भागवण्डा नगर्न नेतृत्वलाई खबरदारीसमेत गरेका छन् ।

भक्तपुरको प्रदेशसभामा ढकालले टिकट पाएपछि पूर्वएमाले पक्षधरहरुले पार्टी कार्यालयमा समेत तालाबन्दी गरेर विरोध जनाएका थिए ।
उम्मेदवारका कारण पराजित भएको टिप्पणीहरु आइरहेपछि राष्ट्रिय युवा संघका अध्यक्ष अग्निशिखाले भने ढकालको पराजयप्रति लक्षित गर्दैै लेखेका छन्, ‘नेकपाभित्र एउटा प्रवृत्ति छ, आपूmलाई पहिलो दर्जाको र अर्कालाई दोस्रो दर्जाको ठान्ने । चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ ।’
उता युवा संघका अध्यक्षलाई जवाफ दिँदै अनेरास्ववियुकी एक कार्यकर्ता लेख्छिन्, ‘टिकट वितरणका बेला पूर्वमाओवादी पक्षले भागवण्डा नखोजेको भए भक्तपुरको प्रदेशसभा र दाङ तथा चितवनका दुई वडा गुमाउने थिएनन् ।

पार्टी्भित्र भागवण्डा खोज्नुस् तर जनताको मत लिने ठाउँमा जित्ने मान्छे रोज्नुस् कमरेड । डीपी ढकालजस्ता तपाईंका प्रिय कमरेडलाई समानुपातिकमा राख्नुुस् ।’
डीपीलाई जिताउन सांसद् महेश बस्नेत, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतमलगायतका नेताहरु खटिएका थिए ।
तत्कालीन एमाले एक्लैले जितेको चाँगुनारायण नगरपालिकामा माओवादीसमेत मिलेको अवस्थामा नेकपा हारेको छ ।
सो क्षेत्रमा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछानेले जितेका थिए । ढकालले त्यो बेला माओवादीको उम्मेदवार बनेर सात सय ८४ मत पाएका थिए । यद्यपि उनले अन्तिममा आफ्नो उम्मेदवारी नरहेको भन्दै एमालेका उम्मेदवारलाई मत मागेका थिए ।

चुनाव हारेपछि पानीमाथिको ओभानो बन्न खोज्ने पूर्वएमाले र पूर्वमाओवादी प्रवृत्तिलाई पछिल्लो समय जनताले एलर्जी ठानेको बताइएको छ ।
सो प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल निर्वा्चित भएका छन् । कांग्रेसले नेकपाका उम्मेदवारका कारण नभई कांग्रेसले त्यहाँ आफूलाई सुधारेको तथा त्यहाँका जनताले सत्तारुढ दललाई नरुचाएको स्पष्ट भएको भनेको छ । नयाँ विमर्शका साथमा ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!