बुधबार, चैत्र १९, २०७६ || 1106  पटक पढिएको

विश्वमा कोरोनाको महामारी फैलीरहेको बेला यता नेपाल प्रेशयुनियन मोरङले संञ्चारकर्मीहरुलाई आज (बुधबार) सुरक्षाका सामाग्री वितरण गरेको छ । युनीयन मोरङका अध्यक्ष कुमार लुईटेलका अनुसार (एन ९५) मास्क, सर्जीकल मास्क, ग्लोव, सेनीटाईजर , क्याप, किरीङ लगायतका सामागी संञ्चारकर्मीहरुलाई प्रदान गरिएको हो । सो सामाग्री फुजिमा आयल कम्पनी प्रा.ली , हिमगीरी हाईजेनीकबाट प्राप्त भएको हो । केही नपुग सामाग्रीय प्रेस युनियन मोरङले किनेको हो । प्रेशयुनियनका पुर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी , पुर्व केन्द्रीय सदस्य शंकर खरेल, निर्वातमान मोरङ युनियनका अध्यक्ष मिनकुमार नवोदीत , अध्यक्ष कुमार लुईटेल , सचिव गोपाल पोखरेलले वितरण गरेका हुन । कार्यक्रममा पत्रकार महासंघ प्रदेश न. १ का अध्यक्ष विक्रम लुईटेल , पत्रकार महासंघ मोरङकी उपाध्यक्ष शुशिला पाठक , कार्यसमीती सदस्य कौशल निरौला , प्रेस संगठनका नेता प्रल्हाद गुरागाँई लगायतका संञ्चारकर्मीको सहभागिता थियो । आज एक सय संञ्चार कर्मीलाई प्रदानगरीएको हो । भोली पुर्वी मोरङका युनियन संम्बद्ध सक्रीय संञ्चारकर्मीहरुलाई प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष लुईटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!