सलमान खानकी फुपूको छोरा अब्दुल्लाह उर्फ अबा खानका २८ मार्चमा निधन भएको थियो । उनलाई अचानक सास फेर्न गाह्रो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

अब्दुल्लाहको अन्तिम संस्कार इन्दौर स्थिती उनको गाउँमा भएको थियो तर सलमान खान यसमा सरिक हुन नपाएपछि अत्यधिक दुःखी भएको बताइएको छ ।

लकडाउनका कारण बाध्य छन् सलमानः

सलमानका म्यानेजर जोर्डी पटेलले बम्बे टाइम्ससँगको कुराकानीमा भने, ‘सलमान यतिबेला कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण पनवेल फार्महाउसमा छन् तसर्थ उनी यात्रा गर्न सक्दैनन् । अब्दुल्लाहको अन्तिम संस्कार इन्दौरमा हुनेछ जहाँ उनी बस्दथे । सलमान पछि उनको परिवारलाई भेट्नेछन् ।’

के अब्दुल्लाहको मृत्यु कोरोनाभाइरसको संक्रमणका कारण भएको हो भनेर प्रश्न सोध्दा उनले भने, ‘उनको मृत्यु मुटुले काम गर्न बन्द गरेपछि र फोक्सोको संक्रमणका कारण भएको हो ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!