पुर्व पश्चिम राजमार्ग अन्र्तगत सुनसरीको घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा एक स्वास्थ्यकर्मी (स्टापनर्स) को मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ गइरहेको को१च ९६०५ नम्बरको विरामी बोकेको एम्बुेन्सलले को१६प २०६४नम्बरको स्कुटरलाई ठक्कर दिदा मधेशा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकी स्वास्थ्यकर्मी श्रेष्ठको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको १नम्बर प्रदेस ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक भिमबहादुर दाहालले जानकारी दिए ।