पूरा संसार कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसद्वारा सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् । जबकी मृतकको संख्या ४२ हजार पार गरिसकेको छ ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटरेशले कोरोना भाइरसको संक्रमणलाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती बताएका छन् ।

उनले भने, ‘यो संक्रमणले संसारमा मन्दी ल्याउन सक्छ । यस्तो मन्दी जुन पछिल्ला वर्षमा कहिल्यै देखिएको थिएन ।’

संयुक्त राष्ट्र महासचिवले कोरोना भाइरस संक्रमणको सामाजिक र आर्थिक प्रभावको सन्दर्भमा जारी गरिएको एक रिपोर्टको क्रममा यसबारे जानकारी दिएा हुन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । यहाँ एक लाख ८८ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । जबकी ३ हजार ८ सय बढीको ज्यान गइसकेको छ ।

अमेरिका र इटलीमा मृत्यु हुनेको संख्या चीनभन्दा पनि बढी छ ।

अमेरिकामा हरेक चार नागरिकमधये तीनजना लकडाउनमा छन् । अमेरिकामा कोरोना भाइरस संक्रमण रोक्नका लागि विभिन्न कडा प्रतिबन्ध लागू गरिएको छ ।

यस्तै, अमेरिका र इटलीपछि स्पेनले पनि यो भाइरसको संक्रमणको मार झेलिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!