महालक्ष्मी नगरपालिकाको ६८ आँै बोर्ड बैठकले अनुमोदन गरेका तीन मापदण्डभित्र पर्ने नगरवासीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नगरवासीमा कोभिड–१९को त्रास बढेसँगै उनीहरुमा खाद्य पदार्थको अभाव नहोस् भनी महालक्ष्मीले उक्त निर्णय गरेको हो । नगरपालिकाले पहिलो अतिविपन्न आम्दानीका, स्थायी स्रोत नभएका, दैनिक गुजारा चलाउन धौधौ भएका व्यक्ति वा परिवारलाई सम्बन्ध्ति वडाले प्रमाणित गरेपछि, दोस्रो सङ्गठित संस्थामा काम गर्ने मजदूरबाहेक नगरपालिकामा विगतदेखि काम गर्दै आएका व्यक्ति वा परिवार र तेस्रो अभिभावक नभएका, आफ्नो आय नभइ अरुको सहयोग र सहयातामा बस्नुपर्ने अनाथ व्यक्ति तथा आश्रितलाई राहत उपलब्ध गराउने निर्णय गरेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले विदेशबाट आएका हरेक नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाएका छाँै । आजसम्म कोही व्यक्ति पनि नगरपालिकामा कोरोना सङ्क्रमित देखिएका छैनन् । नगरपालिकामा रहेका अन्य रोगका बिरामीका लागि चाहिने औषधिको कमी छैन ।” वडा नं ८ लुभुमा प्रहरी, वडाध्यक्ष र विपत् व्यवस्थापन समितिका सदस्यको सहकार्यमा मङ्गलबार एलपी ग्यास वितरण गरिएको जनाइएको छ । १० हजार मास्क वितरण नगरपालिकाले मङ्गलबार १० हजार मास्क वितरण गरेको छ । प्रत्येक वडामा एकएक हजारका दरले मास्क वितरण गरिएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरवासीलाई आवश्यक पर्ने अन्य मास्क भने बनाइने चरणमा छौँ ।” नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी कोरोनाको सङ्क्रमणबाट बचाउन आफूहरुले एक लाख मास्क उत्पादन गर्ने लक्ष्य पनि लिएको थापाले जानकारी दिनुभयो । यसअघि महालक्ष्मीको लुभुमा स्थानीय कपडाबाट उत्पादन भएका १५ हजार मास्क ज्येष्ठ नागरिक र बालबालिकालाई वितरण गरिसकिएको थापाले बताउनुभयो । “हामीले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सहकार्यमा ६० शय्याको आइसोलेशन तथा २५ शय्याको आइसियू व्यवस्था गरिसकेका छाँै”, उहाँले थप्नुभयो, “यहाँभित्र दैनिक ज्याला मजदूरी गरी खाने वर्गका लागि राहत प्रदान गर्न तथ्याङ्क लिने क्रम जारी रहेको छ ।” नगपालिकाले आफ्नो क्षेत्रमा कालोबजारी हुन नदिन सामानको मुल्यसूचीदेखि परिमाणसमेतको तथ्याङ्क सङ्कलन गरिरहेको थापाले बताउनुभयो । यसैगरी ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले पनि दैनिक ज्याला मजदूरी गरी खाने वर्ग र विपन्नका लागि राहत प्रदान गर्न तथ्याङ्क सङकलन भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!