कोभिड –१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । नगरपालिकाका १३ वटै वडामा सो तथ्याङ्क सङ्कलन गरिएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो । उहाँका अनुसार १५ दिन अघिदेखि नगरपालिकामा आएकाको तथ्याङ्क संकलन गरिएको हो । उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आग्रह गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विदेशबाट फर्केकाका परिवार तथा छिमेकीलाई समेत सचेत रहन भनेको छ । नगर प्रमुख खरेलका अनुसार कोरोना संक्रमणको प्रकोप शुुरु भएयता नगरपालिकाभित्र फर्कनेको संख्या ८२ छ । तीमध्ये सबैभन्दा धेरै १८ जना संयुक्त अरब इमिरेट्सबाट फर्केका छन् । भारत १५, बंगलादेश पाँच, कतार आठ, पोर्चुगल र अमेरिका तीनतीन, अष्ट्रेलिया पाँच, मलेसिया र ओमान दुईदुई, बेलायत तीन, जापान चार तथा नर्वे, फिलिपिन्स, फ्रान्स र इजिप्टबाट एकएक जना घर फर्केको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!