हिपमत डटकम

सोमबार, पौष १४, २०८२ || 170  पटक पढिएको

काठमाडौँ– नेपाल प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५, थली क्षेत्रमा सुनजस्तो देखिने धातुको डल्लो देखाई रकम ठगी गर्ने चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, सोही जिल्लाका ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ (विवासित स्याङ्ताङ) तथा नवलपरासी देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूले नक्कली सुनलाई सक्कली भन्दै सर्वसाधारणलाई झुक्याई ठगी गरेका थिए।

पक्राउ परेका चारै जनाविरुद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!