मंगलबार, चैत्र १८, २०७६ || 892  पटक पढिएको

कर्जन्हा नगरपालिकाको श्री जन सेवा माध्यमिक विद्यालय कर्जन्हामा १० बेडको क्वाराइन्टाइनको स्थापना गरि विभिन्न मुलुकबाट आएका कामदारहरुलाई क्वाराइन्टाइनमा बस्न आग्रह गर्दै ७ जनालाई बसाएको हो । क्वाराइन्टाइनमा बसेकाहरुलाई खाना, नास्ता उपचार लगायतका सम्पुर्ण जिम्मा कर्जन्हा नगरपालिकाले लिएर उहाँहरुलाई निगरानीमा राखेको कर्जन्हा नगरपालिकाको स्वास्थ्य संयोजक जगदिश मण्डलले बताए । बिदेशबाट आएकाहरुलाई केहि दिन क्वाराइन्टाइनमा राखेर मात्र घर जान दिने र बाहिरबाट आएका कामदारको चाप बढ्ने अवस्था आएपछि थप ४० बेडको क्वाराइन्टाइनको व्यवस्थामा आफु लागेको मेयर पासमानले बताए ।
मेयर पासमानको अनुसार कर्जन्हा नगरपालिकाले नोवेल कोरोना भाइरसबाट जनतालाई बचाउनका लागि नगरभरी ११ हजार माक्स, सरसफाईका लागि ११ हजार साबुन वडा कार्यालयहरुका लागि सेनिटाइजर वितरण गर्ने कार्य सुरु गरेको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले बताए ।
त्यस्तै कोरोना भाइरस बाट बाँच्नका लागि नगरपालिकाले विभिन्न वडाहरुमा किटनासक औषधी छर्किने कार्य सुरु गरेको छ जस अन्तर्गत कर्जन्हा नगरपालिकाको वडा नं. ७ मा औषधी छर्किने कार्य सम्पन्न भएको छ भने दोश्रो चरणमा वडा नं. १,२ र ३ मा औषधी छर्किने कार्य सुरु हुने र पालैपालो बाँकी वडाहरुमा समेत औषधी छर्किने कार्य सुरु गर्ने कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले बताए ।

समानको अभावभएको अवस्थामा पनि हामिले जसोतसो समानको व्यवस्था गरि जनताको सुविधाका लागि भरपुर समानहरु ल्याएर छिटै वितरणका कार्य सकाउने कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहले बताए । उनले भने, हामीले नगरपालिकामा रहेका सबै जनताको स्वास्थ्यलाई समान रुपमा लिएका छौ । विपदको समयमा छिटोछरितो राहतका सामाग्री वितरण गर्ने निर्णय भए अनुसार हामी जनताको हातमा यहाँबाट उपलब्ध हुने विभिन्न सामाग्रीहरु दिन तमतयार रहेका छौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!