हिपमत डटकम

आइतबार, मंसिर २९, २०८२ || 1364  पटक पढिएको

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डप पुगेका छन्। अध्यक्ष ओली भृकुटीमण्डप पुगेपछि केन्द्रीय कमिटी बैठक केही समयमा सुरु हुने भएको छ।

यसअघि बन्दसत्र दिउँसो १२ः३० बजेका लागि सार्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए। तर विभिन्न पदाधिकारी पदका आकांक्षीसँगको भेटघाटमा अध्यक्ष ओली व्यस्त भएपछि बैठक केही ढिलो हुन पुगेको हो।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। प्रस्तावअनुसार पदाधिकारी संख्या १९ र केन्द्रीय समिति ३०१ सदस्यीय बनाउने तयारी रहेको स्रोतले जनाएको छ।

पार्टी महाधिवेशनको कार्यसूचीअनुसार आजदेखि एमालेको बन्दसत्र भृकुटीमण्डपमै सुरु हुँदैछ। एमाले अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी प्रस्तुत गरेका छन्। नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!