मंगलबार, चैत्र १८, २०७६ || 755  पटक पढिएको

विश्वभरका मानिसहरुलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमण कुकुरमा समेत भेटिएको छ । हङकङमा १७ वर्षको एक कुकुरमा पहिलोपटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

हङकङको एनिमल वेलफेयर अथोरिटीका अनुसार उक्त कुकुरको रगतबारे गरिएका परीक्षणको अन्तिम नतिजाले कोरोना भाइरस रहेको पुष्टि भएको हो ।

एग्रिकल्चर, फिसरिज एण्ड कन्जरर्भेसन डिपार्टमेन्ट (एएफसीडी)का प्रवक्ताले यस किसिमको घटना असमान्य भएको बताएका छन् । किनकी, हङकङका अधिकांश जनावरमा कोरोना भाइरसको परीक्षण नेगेटिभ आएको थियो।

एएफसीडीका अनुसार विस्तृत रुपमा गरिएको परीक्षणबाट कुकुर र बिरालोमा कोरोना भाइरसको संक्रमण त्यति सजिलै नहुने देखिएको छ । साथै उनीहरुले अन्य जनावर तथा मानिसमा यो भाइरस सार्नसक्ने कुनै प्रमाण पनि नभेटिएको बताएका छन् ।

१७ वर्षको बेन्नी नाम गरेको उक्त कुकुर अहिले कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेको छ । फेब्रुअरी २६ देखि यो कुकुरलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । धेरैपटक गरिएको परीक्षणमा पनि कोरोना भाइरसको कमजोर संक्रमण सो कुकुरमा देखिएको थियो ।

कोरोना भाइरसबाट निको भएर घर फर्केको तीनदिनपछि कुकुर मरेको बताइएको छ । द साउथ चाइना मर्निङ पोष्टमा उल्लेख गरिए अनुसार मेडिकल स्रोतले कुकुर मर्नुको कारण उसको उमेर र उसले सामना गरिरहेको अन्य बिरामी रहेको बताएका छन् ।

बेन्नीलाई क्वारेन्टाइनमा राख्दा मार्च ३ मा एएफसीडीले रगतको नमुना लिएको थियो । सुरुमा कुकुरमा भाइरसको संक्रमण नदेखिएपनि हङकङ विश्वविद्यालयमा रहेको डब्ल्युएचओको रेफरेन्स ल्याबमा यसको परीक्षण गरिएको थियो। परीक्षणपछिको अन्तिम नतिजा पोजेटिभ पाइएको थियो । यो नतिजा गत बिहीबार एएफसीडीले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!