
१८ मंसिर, विराटनगर — विराटनगरको बरगाछीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ।

दुर्घटनामा बेलबारी नगरपालिका–८ निवासी तथा कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३, बरगाछी चोक नजिक कोशी राजमार्गमा बा.प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो।
रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा दुर्घटना भएपछि गम्भीर घाइते खड्कालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। तर उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।