हिपमत डटकम

बिहिबार, मंसिर १९, २०८२ || 287  पटक पढिएको

झापा — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रू ६ अर्ब २ करोड ७६ लाख ४५ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेलको आयात मुख्य रूपमा भएको मेची भन्सार कार्यालयले जनाएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम आयात रू ११ करोड ९२ लाख ५४ हजार (२.०१%) ले वृद्धि भएको छ। आयात वृद्धि संगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि २.९०% (रू ८ करोड ४१ लाख २२ हजार) ले बढेको उनले जानकारी दिए।

चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट कुल रू २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

पेट्रोलियम पदार्थको विस्तृत आयात विवरण:

  • पेट्रोल: ३५,१५६ किलोलिटर

    • मूल्य: रू ३ अर्ब १० करोड ५४ लाख

  • डिजेल: १८,४०८ किलोलिटर

    • मूल्य: रू १ अर्ब ७४ करोड ६८ लाख

  • एलपी ग्यास: ८,५५७ मेट्रिक टन

    • मूल्य: रू ८२ करोड ६३ लाख

  • एटिएफ: २,९०८ किलोलिटर

    • मूल्य: रू २६ करोड ३३ लाख

  • मट्टितेल: ५०८ किलोलिटर

    • मूल्य: रू ४ करोड ६१ लाख

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!