मंगलबार, चैत्र १८, २०७६ || 1092  पटक पढिएको

मध्य अमेरिकी देश पनामाले लिङ्गको आधारमा क्वारेन्टिन गर्ने घोषणा गरेको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार यहाँ विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ र मानिसहरुलाई घरमा नै बस्न भनिएको छ । मानिसहरुलाई सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । क्वारेन्टिनका लागि पनि आदेश जारी गरिएको छ ।

पनामा नागरिकका लागि जारी आदेशमा महिला र पुरुषलाई भिन्न–भिन्न राखिएको छ ।

पनामा पछिल्लो एक हप्तादेखि लकडाउनमा छ तर यो थप १५ दिनसम्म जारी रहने अनुमान गरिएको छ ।

नयाँ आदेश अनुसार अब महिला सोमबार, बुधबार र शुक्रबारमात्रै दुई घण्टाका लागि आवश्यक सामान खरिद गर्न घरबाट बाहिर निस्कन सक्नेछन् ।

साथै पुरुषहरु मंगलबार, बिहिबार र शनिबार मात्रै घरबाहिर निस्कन पाउनेछन् ।

आइतबार कोही पनि घरबाट बाहिर निस्कन पाउनेछैनन् ।

रक्षामन्त्री जुआन पिनोले आफ्नो एक बयानमा क्वारेन्टिन मानिसहरुको जीवन बचाउनका लागि मात्रै लागू गरिएको बताएका छन् ।

पनामामा तीन हप्ताअघि पहिलो संक्रमित भेटिएका थिए । अहिले त्यहाँ एक हजार बढी व्यक्तिमा संक्रमणको पुष्टि भइसकेको छ जबकी २७ जनाको मृत्यु भइसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!