हिपमत डटकम

शुक्रबार, मंसिर १३, २०८२ || 239  पटक पढिएको

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई जिम्मा दिएको छ।

राष्ट्र बैंकका अनुसार यसका लागि १६.९८५ मिलियन अमेरिकी डलर (वर्तमान विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) खर्च हुने देखिएको छ।

यसअनुसार, १ हजार रुपैयाँ दरका नोट छाप्न ५ रुपैयाँ ५६ पैसा लाग्ने अनुमान गरिएको छ। कुल ४३ करोड थान १ हजार रुपैयाँ दरका नोट छपाई हुनेछ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ कि गत भदौ १० गते बोलपत्र आह्वान गरिएको थियो र सहभागिता जनाउने प्रभावशाली बोलपत्रदाता मध्यबाट यो कम्पनी चयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!