हिपमत डटकम

आइतबार, मंसिर ०८, २०८२ || 771  पटक पढिएको

चितवन । नेपालमा अण्डाको मूल्य आजदेखि लागू हुनेगरी उल्लेखनीय रूपमा वृद्धि गरिएको छ। किसानको फार्म मूल्यलाई आधार बनाएर मूल्य निर्धारण गर्ने नेपाल लेयर्स कुखुरापालक सङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सबै वर्गका अण्डाको दर बढेको छ।

नयाँ दरअनुसार अति ठूलो (एक्सएल) अण्डाको प्रतिक्रेट (३० वटा) मूल्य रु ५२०, ठूलो अण्डा रु ५०५ र मिडियम अण्डा रु ४९० कायम गरिएको सङ्घले जनाएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यो दर यसअघिको तुलनामा प्रतिक्रेट रु ५५ ले बढी हो। भारतीय अण्डा अवैध रूपमा सीमा हुँदै नेपाल छिर्न रोकिएपछि नेपाली अण्डाले वास्तविक लागत मूल्य पाएको र मूल्य समायोजन त्यही आधारमा गरिएको उनको भनाइ छ। भारतमा निर्वाचनका कारण सीमा कडाइ र त्यहाँको बजारमा बढेको खपतले भारतीय अण्डा नेपाल छिर्न नसकेको उनले बताए।

सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय रु ७.८० मा बिकिरहेको छ। भारतमै राम्रो मूल्य पाइएकाले अण्डा अवैध रूपमा नेपाल ल्याउने प्रयाससमेत घटेको उनले बताए। नेपालमा प्रतिगोटा अण्डाको लागत रु १६.५७ पर्ने भएकाले अहिलेको दरमा किसानले लागत बराबरको मूल्य पाउन थालेको उनको भनाइ छ।

सङ्घका अध्यक्ष पोखरेलका अनुसार जाडो महिनामा अण्डाको खपत बढ्ने हुँदा माग वृद्धि भएको हो। केही महिनाअघि ठूलो अण्डा प्रतिक्रेट रु ५३० पुगेको मूल्य फेरि रु ४०० मा झरे पनि पछिल्ला हप्ता क्रमशः बढ्दै गएको र किसान लागत मूल्यमा पुगेको सङ्घको दाबी छ। हाल नेपालमा दैनिक करिब ४० लाख गोटी अण्डा उत्पादन हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!