
काठमाडौँ । नेकपा एमालेले आज राजधानी काठमाडौंमा विशेष कार्यक्रम गर्ने भएको छ। एमाले निकट नेसनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम आयोजना गर्ने जनाएको छ।

फोर्सका अनुसार सहभागीहरू बबरमहलमा भेला भई माइतीघर हुँदै पुनः बबरमहल र त्यसपछि बानेश्वरतर्फ अघि बढ्ने कार्यक्रम रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन्। एमालेले सो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ।
जिल्ला प्रमुख अधिकारी ईश्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन परेको भए पनि अनुमति दिने–नदिने विषय विचाराधीन अवस्थामा रहेको बताए।
यसै गरी, एमाले बागमती प्रदेश कमिटीले आगामी शनिबार प्रदर्शनीमार्गमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्ने तयारी गरेको छ।