
विश्व बाल दिवसको अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान गरेको छ। सम्मान कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले आयोजना गरेका थिए।

कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका प्रतिनिधिहरूले जनही रु ५ हजार पुरस्कार पाएका छन्।
नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। जानकारी अनुसार, कालिका नगरपालिकामा ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन्।