
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ रहेकोमा बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको हो। यस अनुसार आज सुन तोलामा ७०० रुपैयाँले महँगिएको छ।

चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। बुधबार तोलामा ३ हजार १५० रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ।