हिपमत डटकम

शनिबार, कार्तिक ३०, २०८२ || 1577  पटक पढिएको

काठमाडौँ । जम्मू–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति भएको शक्तिशाली विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैजना प्रहरी अधिकारी रहेको पुष्टि भएको छ।

अधिकारीहरूको भनाइअनुसार जफत गरिएका विस्फोटक पदार्थको नमुना परीक्षण गर्ने क्रममा अचानक विस्फोट भएको हो। यद्यपि कति मात्रामा र कुन किसिमको विस्फोटक सक्रिय भयो भन्ने विषयमा भने स्पष्ट जानकारी आइसकेको छैन।

यो विस्फोट हरियाणाको फरीदाबादमा पक्राउ परेका र दिल्ली विस्फोट प्रकरणमा पहिल्यै थुनामा रहेका डा. मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको विस्फोटक सामग्री प्रहरी चौकीमा राखिएका कारण भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!