पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकद्वारा विभिन्न निर्णयहरु पारित

इन्ट्रा पथरी शनिश्चरे गोल्डकप - २०८२ लाई ७ लाख ५० हजार प्रदान गर्ने निर्णय

हिपमत डटकम

बुधबार, कार्तिक २०, २०८२ || 641  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा कार्यपालिका बैठक सम्पन्न भएको छ ।

मंगलबार नगरपालिका कार्यालयको बैठक कक्षमा बसेको कार्यपालिका बैठकले विभिन्न विषयहरुमा घनिभूत छलफल गरी विभिन्न निर्णयहरु पारित गरेको छ ।

क्रमशः नगरमा ग्राभेलको दररेट १ हजार १ सय ८० प्रतिघनमा निर्धारण गरियो । दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको लागि आवश्यक पहिलो र दोस्रो नगद पुरस्कार राशी ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिने, मालपोत कार्यालय र स्थानीय जग्गा दररेट फरक परेर नागरिकले पाएको सास्तीलाई हल गर्न दररेट समायोजन गरिने, पथरी नगर अस्पतालको नयाँ भवनबाट सेवाप्रवाह गर्न निर्माण सम्पन्न भएको भवन ठेकेदार कम्पनीलाई फरफराक गरिने भएको छ ।

यस्तै निर्वाचन आयोगबाट प्राप्त पत्रमा नगरपालिकाको मतदान स्थलहरू साविककै स्थानलाई कायम गरिने, जेनजी आन्दोलनको समयमा जोखिम मोलेर नगरपालिकाको एम्बुलेन्स, दमकल, शब वाहन, फोहोर उठाउने गाडी लगायतका यातायातका साधनलाई जोगाउनुहुने चालक र नगर प्रहरीहरुलाई सम्मान गरिने, पाक्न लागेको धानबालीमा भएको क्षतिको विवरण संकलन गरी प्रदेश सरकार र संघीय सरकार समक्ष क्षतिपुर्ती माग गर्ने निर्णय गरिएको छ ।

यसैगरी जेनजी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगमा पठाउने । नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुलाइ तत्कालका लागि आवश्यक कम्प्युटर र प्रिन्टर खरिद गर्ने निर्णय गरिएको छ ।।

नगरपालिकाको विशेष नगरसभा संघीय सरकारले बजेटको विस्तृत जानकारी पठाएपछि गरिने र पथरी बजारका भित्रका बाटोहरुलाई जाम कम गर्नका लागि वान वे बाटो बनाउने सल्लाह गरिने लगायतको निर्णयहरु गरिएको वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!