हिपमत डटकम

सोमबार, कार्तिक १८, २०८२ || 2707  पटक पढिएको

काठमाडौं । हालको राजनीतिक अस्थिरताबीच देशलाई स्थिरता र समाजवादी दिशातर्फ लैजाने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा औपचारिक रूपमा समाहित भएको छ।

सोमबार सार्वजनिक गरिएको सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासनको अन्त्यका लागि एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ।

सहमतिको पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गरी दस्तावेजीकरण गर्ने उल्लेख छ। सो प्रक्रियाबाट वर्गीय तहबाट नयाँ आधारमा एकता र रुपान्तरणको दिशा तय गरिने जनाइएको छ।

दोस्रो बुँदामा गोपाल किरातीले विकसित गरेको “देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र” सम्बन्धी अवधारणामाथि पार्टीभित्र व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने भनिएको छ।

तेस्रो बुँदामा उक्त सहमति कार्यान्वयनका लागि गोपाल किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू नेकपा (माओवादी केन्द्र)मा ध्रुवीकृत हुने निर्णय गरिएको छ।

सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका छन्।

सहमतिपछि जारी संयुक्त अपिलमा देशभक्त, मजदुर, किसान, सुकुमवासी, वित्तीय शोषणपीडित, जातीय तथा क्षेत्रीय समुदाय र पहिचानसहितका जनसमुदायबीच समाजवादी ध्रुवीकरण सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता र संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनमा जुट्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!