विश्वभर कोरोना भाइरस संक्रमितको संख्या आठ लाख नजिक पुगेको छ । मृतक संख्या ३८ हजार नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा संक्रमित संख्या वृद्धि केही कम भएपनि मर्नेको संख्यामा भने वृद्धि दर बढी देखिन्छ ।

हिजोको तुलनामा संक्रमितको संख्या ६२ हजारले वृद्धि भएकोमा मर्नेको संख्या एकै दिन तीन हजारले वृद्धि भएको छ । हालसम्म १ लाख ६५ हजार ३५ जना निको भई फर्किएका छन् ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ छ । मृतक संख्या ३७ हजार ७ सय ८० पुगेको छ ।
१ लाख ६५ हजार ३५ जना निको भएका छन् ।

विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ । त्यहाँ दिनप्रतिदिन मृतक र संक्रमितको संख्या बढिरहेको छ ।सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ । त्यहाँ १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा फैलिइरहेको छ । युरोपेली देशहरुले चीनलाई उछिन्न थालेका छन् ।

देश संक्रमित
अमेरिका १६३४७९
इटाली १०१७३९
स्पेन ८७९५६
चीन ८१४७०
जर्मनी ६६८८५
फ्रान्स ४४५५०
इरान ४१४९५
बेलायत २२१४१
स्वीटजरल्यान्ड १५९२२
बेल्जियम ११८९९
बेल्जियम ११८९९
स्रोतः वोल्डोमिटर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!