हिपमत डटकम
काठमाडौँ ,मंसिर २५।
प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पताल भर्ना गरिएको छ। प्रधानमन्त्री ओलीलाई मंगलबार साँझ ग्रान्डी हस्पिटल भर्ना गरिएको हो।
प्रम ओलीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार नियमित डायलसिसको लागि प्रधानमन्त्री ओलीलाई ग्रान्डी हस्पिटल भर्ना गरिएको हो। १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेपछि ओलीलाई अस्पताल भर्ना गरिएको बताइएको छ।
प्रधानमन्त्री ओलीमे मंगलबार नै १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहलाई भिडियो मार्फत सम्बोधन गरेका थिए। जसक्रममा उनले दक्षिण एशियाली मुलुकहरूको मिनी ओलम्पिक खेलकूद प्रतियोगिताका रूपमा रहेको सागले यस क्षेत्रका जनतामा एकता, मित्रता अभिवृद्धि गर्ने कार्यमा अत्यन्तै सफलता हासिल गरेको बताए ।
प्रतियोगिताको सफल आयोजना र उत्कृष्ट खेलका निम्ति आयोजक र खेलाडीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रतियोगिताको समापनको सुखद सफलताका लागि योगदान गर्ने सरकार र खेलक्षेत्र सबैलाई धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “अत्यन्तै भव्यरूपमा सफल भएको यो प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सफल तुल्याउन योगदान पुर्याउनेछ । खेललाई अनुशासित र मर्यादित बनाउन नेपाली खेलाडीले पु¥याएको योगदानप्रति धन्यवाद छ र प्राप्त सफलताका लागि बधाई।